नियम २४
भौतिक सुविधा, पाठ्यक्रम तथा प्रशिक्षक सम्बन्धी व्यवस्था
संस्थाले कुनै तालीम सञ्चालन गर्नको लागि देहायको व्यवस्था गर्नु पर्नेछः–
(क) अध्ययन, अध्यापन, फिल्ड अम्भास, शारीरिक विकास, पुस्तकालय आदिको लागि परिषद्ले तोके बमोजिमको भौतिक सुविधा ।
(ख) परिषद्ले तोकिदिएको पाठ्यक्रमको आधारमा तालीम वा कार्यक्रमको सञ्चालन ।
(ग) परिषद्ले तोकेको योग्यता र संख्याको आधारमा प्रशिक्षक वा प्रशिक्षार्थीको व्यवस्था ।